महानगरले गौशाला चोकका घरहरूमा चलायो डोजर

Share:

काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरूमा डोजर चलाएको छ ।

सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा महानगरपालिकाले आज बिहान डोजर चलाएको हो ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले गौशालादेखि एयरफोर्टतर्फ जाने सडक खण्डमा सडक सीमा क्षेत्रभित्र परेका घरहरु भत्काएको जानकारी दिए ।

अतिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गर्दा सवारी आवागमन असहज भएकाे छ ।

काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक अतिक्रमण गरेर बनाइएका घरहरु भत्काउन ३५ दिन अगाडि सूचित गरेको थियो ।

कमेन्ट गर्नुहोस्