भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले गरे सन्न्यास लिने घोषणा

Share:

काठमाडौं । भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्। सुनिल क्षेत्रीले भारतका लागि अन्तिम खेल ६ जुनमा कुवेतसँग खेल्नेछन्। सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनिल क्षेत्रीले आफ्नो संन्यासको जानकारी दिएका हुन्।

सुनिल क्षेत्रीले भने, ‘देशका लागि पहिलो पटक खेल्ने मौका पाएको दिन म कहिल्यै बिर्सन सक्दिन । म्याचअघि राष्ट्रिय टोलीका प्रशिक्षक सुकी सर मसँग आएर आफ्नो यात्रा सुरु गर्न लागेका हुन् भन्नुभयो । म त्यो भावना बिर्सन सक्दिन ।’

४० वर्षका सुनिल क्षेत्रीले भारतका लागि १२ जुन २००५ मा पाकिस्तानविरुद्ध डेब्यु गरेका थिए। सुनिल क्षेत्रीले पनि पहिलो खेलमै पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए। सुनिल क्षेत्रीले १५० खेलमा ९४ गोल गरेका छन्।

सुनिल भारतका लागि सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी पनि  हुन्। अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डो (२०५ खेलमा १२८ गोल) र मेस्सी (१८० खेलमा १०६ गोल) पछि क्षेत्री सर्वाधिक गोल गर्ने खेलाडी हुन्।

कमेन्ट गर्नुहोस्