आकर्षक सुविधासहित नबिल बैंकले ल्यायो ‘नबिल ढुक्क बचत खाता’

Share:

काठमाडौं । नबिल बैंक लिमिटेडले आकर्षक सुविधासहित ‘नबिल ढुक्क बचत खाता’ सञ्चचालनमा ल्याएको छ। बैंकले आकर्षक सुविधासहित बचत खाता सञ्चालनमा ल्याएको नबिल बैंकले जनाएको छ।

बैंकका अनुसार यस खातामा आबद्ध हुने ग्राहकले प्रण घातक र आवधिक जीवन बीमा,दुर्घटना बीमा, औषधोपचार बीमा गर्न पाउनेछन् ।

त्यसैगरी यस खातामा आजीवन निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ,एटीएमबाट पनि निःशुल्क पैसा झिक्न पाइने सुविधा यस खातामा रहेको छ।

त्यसै गरी पहिलो वर्षको लागि निःशुल्क लकर सुविधा डिम्याट तथा मेरो सेयरको सुविधा पाउन सकिने नबिल बैंकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्