शिखर इन्स्योरेन्स नाफा २६.२३ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?

Share:

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमास्को वित्तीय विवरण सर्वजनिक गरेको छ ।

जसअनुसार इन्सुरेन्सको खुद नाफा २६.२३ प्रतिशतले बढेर ३९ करोेड २ लाख ७३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३० करोड ९१ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

इन्सुरेन्सको खुद बिमा शुल्क आम्दानी १६.०६ प्रतिशते बढेर १ अर्ब ८ करोड १६ लाख १० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले ९३ करोड १९ लाख ३२ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
चैत मसान्तसम्म आइपुग्दा शिखर इन्सुरेन्सको चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ०७ पैसाले बढेर १९ रुपैयाँ ६ पैसा पुगेको छ ।
कम्पनीको  प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ४९ पैसा छ ।
कमेन्ट गर्नुहोस्