हिमालयन लाइफ इन्स्योरेन्सले कमायो ४३ करोड ५४ लाख मुनाफा, कस्ता छन् अन्य सूचक ?

Share:

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

जसअनुसार कम्पनीको मुनाफा ४३ करोड ५४ लाख २९ हजार रुपैयाँ रहेको छ । यो नाफा गतआर्थिक वर्षको तुलनामा ८ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले नाफा ४७ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीको कुल आम्दानी १०.१४ प्रतिशतले बढेर १६ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी १५ अर्ब १५ करोड ८९ लाख रुपैयाँ रहेको थियो ।

कर्जा लगानीबाट प्राप्त आम्दानी ४ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ३ अर्ब ६१ करोड ६४ लाख रुपैयाँ रहेको थियो । जुन १४.१० प्रतिशतले बढी हो ।

समिक्षा अवधिमा कम्पनीको कुल खर्च १०.७३ प्रतिशतले बढेर १६ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । ८ अर्ब २ करोड ३ लाख ८३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ १ अर्ब ३२ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी भने घटेर ७.२४ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १२४.२५ रुपैयाँ रहेको कायम भएको छ ।

कमेन्ट गर्नुहोस्