बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Share:

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । आज सुन तोलामा २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ३५ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो आइतबार छापावाल सुनको मूल्य १ लाख ३५ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी तोलामा २० रुपैयाँले बढेर तोलाको १६ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार चाँदी तोलामा १६ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

कमेन्ट गर्नुहोस्