काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ अघिल्लो दिनको तुलनामा तोलामा २ सय रुपैयाँ बढेको छ ।
बुधबार प्रतितोला १ लाख १८ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार १ लाख १८ हजार ४ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य स्थिर रहेको छ । बिहीबार पनि अघिल्लो दिनकै मूल्य तोलामा १ हजार ३७५ रुपैयाँमा चाँदीको कारोबार भएको छ ।
कमेन्ट गर्नुहोस्