३०.५६ अंकले नेप्सेमा गिरावट, साढे चार अर्बको कारोबार

97
0
Share:

काठमाडौं । सेयरबजार मापन गर्ने नेप्से परिसूचक ३०.५६ अंकले गिरावट भएको छ । नेप्से परिसूचक ३०.५६ अंकले घटेर २०७०.५९ को विन्दुमा झरेको हो।

आज ३०५ कम्पनीको १ करोड २१ लाख ३ हजार ९८७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६४ करोड २ लाख ९३ हजार ६२८ रुपैयाँको सेयर कारोबार भएको छ । आज ४० कम्पनीको सेयर मुल्य बढेको छ भने २०३ कम्पनीको सेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजू, समाज लघुवित्त वित्तीय संस्था र सुपरमाई हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ८.३३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.७० प्रतिशतका दरले गुमाएका हुन् ।

आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ३२ कोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

हिमालयन रिइन्स्योरेन्सः ३२ कोड ५० लाख रुपैयाँ,सोनापुर मिनरल्सः ११ करोड ९२ लाख रुपैयाँ,सानिमा मिडिल तमोरः १० करोड ६ लाख रुपैयाँ,सगरमाथा जलविद्युतः ९ करोड ३१ लाख रुपैयाँ,जोशी हाइड्रोपावरः ८ करोड ६६ लाख रुपैयाँ,सुपर मादी हाइड्रोपावरः ७ करोड ८७ लाख रुपैयाँ,एनआईसी एशिया बैंकः ७ करोड ७४ लाख रुपैयाँ,शिवम सिमेन्टः ७ करोड ५८ लाख रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चरः ७ करोड ९ लाख रुपैयाँ,युनियन हाइड्रोपावरः ६ करोड ८८ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्