
काठमाडौं । नेपाल आयल निगमलाई इण्डियन आयल कर्पोरसनबाट हरेक १५ दिनमा प्राप्त हुने नयाँ मूल्य सूची प्राप्त भएको छ ।
यसपाली भारतबाट आयात हुने इन्धनको दरमा अत्यन्त न्यून मूल्य घटबढ भइ आएकोले इन्धनको भाउ पनि यथावत नै राखिने भएको बताइएको छ । प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलमा ४१ पैसा बढेको छ भने डिजेलमा १२ पैसा घटेर आएको छ । खाना पकाउने ग्यासमा पनि २० पैसाले घटेर आएको छ ।
इन्धनको मुल्यमा अत्यधिक न्यून उतारचढाव भइ आएकोले निगमले हालकै मूल्यमा इन्धन बिक्री वितरण हुने जनाएको छ ।
कमेन्ट गर्नुहोस्