राष्ट्र संघले गाजामा धारा ९९ लागू गरेपछि इजरायलद्वारा महासचिवको राजीनामा माग

149
0
Share:

२१ मंसिर २०८०, बिहिबार । बिद्रोही हमास समूह संग युद्धरत इजरायलले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको राजीनामा माग गरेको छ। गाजामा संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरेसले शक्तिशाली धारा ९९ लागू गरेर युद्ध अन्त्यको बाध्यात्मक परिस्थिति निर्माण गरेपछि इजरायलले महासचिवको सो कदमप्रति आपत्ति जनाउँदै राजीनामा माग गरेको हो।

बेलायती समाचार संस्था बिबीसीले जनाए अनुसार महासचिव गुटेरेसले गुद्धग्रस्त क्षेत्र गाजामा संयुक्त राष्ट्रको सबैभन्दा शक्तिशाली धारा ९९ लागू गर्दै युद्धविरामको अपिल गरेका हुन्। महासचिवको यस अपिललाई लिएर संयुक्त राष्ट्र सङ्घमा इजरायलका राजदूत गिलाड एर्दानले महासचिव गुटेरेस नैतिक पतनको नयाँ स्तरमा पुगेको टिप्पणी गरेका छन्।

अफ्नो टिप्पणीमा गिलाडले सङ्घर्ष विरामको अपिलले गाजामा हमासको आतङ्कलाई कायम राख्नमा सहयोगी भएको बताएका छन्।

संयुक्त राष्ट्र सङ्घका महासचिवको यस अपिलले गाजामा युद्ध लम्बिने र यसले हमासलाई जोगिन थप समय प्राप्त हुने गिलाडले प्रतिक्रिया दिएका छन्।

कमेन्ट गर्नुहोस्