यू–१९ क्रिकेट टिम एसिया कप खेल्न यूएई प्रस्थान गर्दै

Share:

काठमाडौं । आज बुधबार एसिया कप खेल्ने यू–१९ क्रिकेट टिम युएई प्रस्थान गर्दैछ । दिउँसो १ बजेर २० मिनेटमा नेपाली क्रिकेट टिम यूएई प्रस्थान गर्नेछ ।

देव खनालको कप्तानीमा नेपालले शुक्रबार सुरु हुने प्रतियोगितामा खेल्दैछ । राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर गुलसन झा समेत नेपाली टिममा समावेश छन् ।

देव कप्तान रहेको नेपालको टिममा गुलसन सहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, हेमन्त धामी, दिपेश प्रसाद कँडेल, विशाल बिक्रम केसी, सुबास भण्डारी, दिपक बोहोरा, उत्तम थापा मगर, विपिन रावल, तिलक राज भण्डारी र आकाश चन्द छन् । प्रशिक्षकमा जगत टमाटा हुन्

शुक्रबारदेखि पुस १ गतेसम्म यूएईमा चल्ने प्रतियोगितामा नेपाल समूह ए मा छ । नेपाल रहेको समूहमा अफगानिस्तान, भारत, पाकिस्तान रहेका छन् । समूह बी मा बंगलादेश, जापान, श्रीलंका र यूएई छन् । शुक्रबार पाकिस्तानसँग खेल्दै नेपालले एसिया कपको सुरुवात गर्नेछ ।
कमेन्ट गर्नुहोस्