
काठमाडौँ २५ असार । ललितपुर जिल्लाको चापागाँउमा फलामको डण्डी लोड गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ललितपुरकै बाग्मती गाउँपालिका वडा नं ६ आश्राङ बस्ने २१ वर्षीय सबिन विक रहेको प्रहरी श्रोत बाट जानकारी प्राप्त भएको छ । प्रहरीका अनुसार गोदावारी नगरपालिका वडा नं ११ मा रहेको प्याङगाउ चौरमा रहेको फलाम को डिपो मा बा.४ ख २९४३ नम्बरको गाडीमा डण्डी लोड गर्ने क्रममा विजुलीको हाईभोल्टेज लाइनमा डण्डी छुदा करेन्ट लागेर उनको मृत्यु भएको हो ।
आइतबार भएको यो घटनापछि घाइतेलाई उपचारार्थ पाटन अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको र घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी श्रोतले जानकारी दिएको छ ।
कमेन्ट गर्नुहोस्