साझा बस अब लेले–लगनखेल–रत्नपार्क रुटमा पनि चल्ने

Share:

२० असार । साझा यातायातले बिहीबारदेखि ललितपुरका भित्रि शहरी क्षेत्रलाई समेत काठमाडौं शहरसँग जोड्ने गरी कार्य गर्न लागेको छ । यसै  प्रसङ्गमा यातायातले ललितपुरको लेले–टीकाभैरव–चापागाउँ–थेचो–सुनाकोठी–लगनखेल–जवालाखेल–कुपन्डोल–त्रिपुरेश्वर– सुन्धारा–जमल–पुरानो बसपार्क (रत्नपार्क) रुटमा सेवा थाल्न लागेको हो । यस बाट सो क्षेत्रका जनता लाभान्वित हुने अपेक्षा यातायातले लिएको जनाएको छ ।

साझा यातायातले ४० वटा नयाँ बिजुली बस किनेपछि नयाँ रुटहरुमा सेवा विस्तार गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्