अष्टलक्ष्मी शाक्यद्वारा उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता

Share:

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति पदमा उम्मेदवारी दिएकी छन् । शनिबार नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय पुगेर शाक्यले उम्मेदवारी दर्ता गरेकी हुन् ।

शनिबार बिहान बसेको एमाले सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेकी शाक्य बागमती प्रदेशकी पूर्वमुख्यमन्त्रीसमेत हुन् ।

सत्ता गठबन्धनबाट भने सहमति नजुटेपछि तीन जनाले उम्मेदवारी दिँदै छन् । जनमत पार्टीबाट ममता झा र जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला यादवले उपराष्ट्रपतिमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

निर्वाचन आयोगले शनिबारका लागि उपराष्ट्रपतिको मनोनयन पत्र दर्ता गर्ने समय तोकेको छ । आइतबार उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ भने चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुनेछ ।

कमेन्ट गर्नुहोस्