
पर्वतको फलेवास नगरपालिका-९ का वडाध्यक्ष हितमान गुरुङले आफूले पाउतलने ब सुविधाको सम्पूर्ण रकम स्थानीयलाई वितरण गरेको छ ।
गत स्थानीय चुनावमा वडाध्यक्ष जितेपछि राज्यबाट पाउने सेवा सुविधा गरिब, असहाय, अशक्त र निम्न वर्गलाई उपलब्ध गराउने प्रतिबद्धता अनुसार बिहीबार वडाध्यक्ष गुरुङले रकम हस्तान्तरण गरेका हुन् ।
उनले तलबबापतको एक लाख २४ हजार दीर्घरोगी र निम्न वर्गका २२ जनालाई न्यूनतम रू तीन हजारदेखि १० हजारसम्म वितरण गरेभएको हो ।
“मैले यसअघि गरेको प्रतिबद्धता अनुसार मेरो सबै तलब वडावासीमा खर्च गर्नेछु”, उनले भने, “अबका दिनमा पनि राज्यबाट पाउने सबै खाले सुविधा वडाकै हितमा खर्च गर्नेछु ।”
कमेन्ट गर्नुहोस्