
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले तीनवटा कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । सांग्रिला डेभलपमेन्ट बैंक, साना किसान लघुवित्त र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले बोनस सेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी तीनवटै कम्पनीको सेयरमूल्य समायोजन गरेको हो ।
आज सेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम सांग्रिला डेभलपमेन्ट बैंकको सेयरमूल्य ३३८ रुपैयाँका आधारमा नेप्सेले ८.५३४ प्रतिशत बोनस सेयर वितरणपछिको सेयरमूल्य ३११ रुपैयाँ ४२ पैसा कायम गरेको छ ।
साना किसान लघुवित्तको पनि १११९ रुपैयाँका आधारमा नेप्सेले २६ प्रतिशत बोनस सेयर वितरणपछिको सेयरमूल्य ८८८ रुपैयाँ १० पैसा कायम गरेको छ । साथै साल्ट ट्रेडिङ कर्पोरेशनको ४३३५ रुपैयाँका आधारमा नेप्सेले १० प्रतिशत बोनस सेयर वितरणपछिको सेयरमूलय ३९४० रुपैयाँ ९१ पैसा कायम गरेको छ । सोही मूल्यकै आधारमा आइतबार यी तीनवटै कम्पनीको कारोबार खुल्नेछ ।