
बिहीबार विभिन्न चार कम्पनीको सेयर मूल्य समायोजन भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन,सांग्रिला डेभलपमेन्ट बैंक, साना किसान विकास लघुवित्त र आशा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा समायोजन भएको हो ।
त्यस्तै, नेप्सेले साल्ट ट्रेडिङको अन्तिम कायम सेयर मूल्य ४ हजार ३३५ रुपैयाँको आधारमा १० प्रतिशत बोनस सेयरपछिको मूल्य ३ हजार ९४० रुपैयाँ ९१ तोकेको छ ।
साग्रिला डेभलपमेन्ट बैंकको बिहीबार कायम अन्तिम सेयर मूल्य ३३८ रुपैयाँको आधारमा ८.५३४ प्रतिशत बोनस सेयरपछिको मूल्य ३११ रुपैयाँ ४२ पैसा तोकेको छ ।
नेप्सेले साना किसान विकास लघुवित्तको बिहीबार अन्तिम कायम सेयर मूल्य १ हजार ११९ रुपैयाँको आधारमा २६ प्रतिशत बोनस सेयरपछिको मूल्य ८८८ रुपैयाँ १० पैसा तोकेको छ ।
त्यसैगरी, नेप्सेले आशा लघुवित्तको बिहीवार कायम अन्तिम सेयर मूल्य ८६० रुपैयाँको आधारमा १४.२८५७ प्रतिशत बोनस सेयरपछिको मूल्य ७५२ रुपैयाँ ५० पैसा तोकेको छ । यही मूल्यको आधारमा यी चार ओटै कम्पनीको सेयर आइतबार कारोबारमा आउनेछ ।