नेप्सेमा ५२ लाख ४० हजार बढी कित्ता सेयर सूचीकृत

Share:

बिहीवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार बुटवल पावर कम्पनी र प्राइम लाइफ इन्स्योरेन्सको ५२ लाख ४० हजारभन्दा बढी कित्ता सेयर सूचीकृत भएको हो ।

बुटवल पावर कम्पनीको १६ लाख २७ हजार ३७८ कित्ता र प्राइम लाइफ इन्स्योरेन्सको ३६ लाख १३ हजार ५००.२५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

बुटवल पावर कम्पनीले गत पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो ।

त्यस्तै, प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले पुस २४ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित १३ प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो ।

कमेन्ट गर्नुहोस्