
भोली बिहीबार एनआईसी एशिया बैंकको डेबिट, क्रेडिट र डलर कार्डहरुबाट हुने कारोबार अवरुद्ध हुने भएको छ । यसका साथै एटिएम र पिओएस सेवा पनि अवरुद्ध रहने बैंकले जनाएको छ ।
बिहीबार बिहान २ बजेदेखि ४ बजेसम्म बैंकको कारोबार स्विचिङ सेवा प्रदायक नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (NEPS) मा कार्ड नेटवर्क म्यान्डेट इन्स्टलेसन कार्य हुने भएको उक्त सेवाहरु अवरुद्ध रहने बैंकले जनाएको छ ।
यस अवधिभर आवश्यक कारोबार मोबाइल बैंकिङ्बाट गर्न सकिने बैंकले जनाएको छ ।
कमेन्ट गर्नुहोस्