सल्याक्रिया गरेर रौतहटका एक युवाको पेटबाट सिसाको बोतल निकालियो

Share:
class=’uk-width-1-1@m uk-first-column’>

रौतहटको गुजरा नगरपालिका–९ का २६ वर्षीय नुर्साद मन्सुरीको पेटबाट सल्यक्रिया गरी बोतल निकालिएको छ । पेट दुखेपछि उपचारका लागि चन्द्रपुर अस्पताल लगिएका नुर्सादको एक्सरे गर्दा पेटमा सिसाको बोतल देखिएपछि थप उपचारका लागि उनलाई चितवनको पुरानो मेडिकल कलेज लगिएको थियो ।

class=’uk-width-2-3@m uk-first-column’>

class=’uk-width-2-3@m uk-first-column’>

चितवनस्थित पुरानो मेडिकल कलेजका डा. नारायण बेलबासे र एनेसथेसिया डा. राजेश यादवसहितको टोलीले पेटको शल्यक्रिया गरेर सिसाको बोतल निकालेको थियो । शल्यक्रियाको ४ घण्टापछि सोमबार साँझ मात्र नुर्सादको होस आएको डा. बेलबासेले बताए ।

हाल उनी चितवनस्थित पुरानो मेडिकल कलेजको आईसीयूमा चिकित्सकको निगरानीमै छन् । नुर्सादको दिसा पेटभरि फैलिसकेकाले अवस्था अझै जटिल नै रहेको चिकित्सकहरुको बताउँछन् । मेडिकल कलेजका अनुसार उनलाई अहिले भेन्टिलेटरबाट पोस्ट आईसीयूमा सारिएको छ ।

आफ्नै साथीले बोतल पेटभित्र पसाइदिएपछि अत्यधिक पेट दुखेर उनलाई उपचारका लागि चन्द्रपुर अस्पताल लगिएको थियो । इलाका प्रहरी कार्यालयले भने सिसाको बोतल पेटभित्र पसाउने व्यक्तिको पहिचान हुन नसकेको जनाएको छ ।

रौतहटको गुजरा नगरपालिका–९ का २६ वर्षीय नुर्साद मन्सुरीको पेटबाट सल्यक्रिया गरी बोतल निकालिएको छ । पेट दुखेपछि उपचारका लागि चन्द्रपुर अस्पताल लगिएका नुर्सादको एक्सरे गर्दा पेटमा सिसाको बोतल देखिएपछि थप उपचारका लागि उनलाई चितवनको पुरानो मेडिकल कलेज लगिएको थियो ।

चितवनस्थित पुरानो मेडिकल कलेजका डा. नारायण बेलबासे र एनेसथेसिया डा. राजेश यादवसहितको टोलीले पेटको शल्यक्रिया गरेर सिसाको बोतल निकालेको थियो । शल्यक्रियाको ४ घण्टापछि सोमबार साँझ मात्र नुर्सादको होस आएको छ ।

कमेन्ट गर्नुहोस्