नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ३०.७७ अंकले घटेर १९३८.२५ बिन्दुमा पुगेको छ । त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४.८६ अंकले घटेर ३६८.०६ बिन्दुमा पुगेको छ ।
कारोबार अवधिभर २५९ कम्पनीको ३८ लाख ३२ हजार ४५९ कित्ता सेयर किनबेच भएको छ । यसदिन एक अर्ब ३९ करोड २३ लाखमाथिको कारोबार भएको छ ।
कुल १३ वटै उपसमूहको सेयर मूल्यमा राताम्मे भएका छन्। आज कारोबार भएका कम्पनीमध्ये १८ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १९६ वटा कम्पनीको सेयरमूल्य घटेको छ । २ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।
आज एक कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । सुपर मादी हाइड्रोपावर कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३२८।९० रुपैयाँ पुगेको छ ।
त्यसैगरी, आज सामलिङ पावर कम्पनीको सेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको सेयरमूल्य १० प्रतिशत भन्दा बढीले घटेको छ ।
त्यसैगरी, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी कम्पनीको भएको छ । यसको आज ८ करोड ४४ लाखभन्दा बढीको कारोबार भएको छ ।