इङवा हाइड्रोपावर लिमिटेले आज फागुन २१ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको छ।
कम्पनीले स्थानीयलाई जारी पुँजी ६० करोड रुपैयाँको १० प्रतिशलते हुन आउने ६ करोड रुपैयाँबराबरको सेयर जारी गरेको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ६ लाख कित्ता सेयर बिक्री गर्नेछ।
आईपीओमा आयोजना अति प्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाको सिदिङ्वा गाउँपालिका ३ र पाँचथर जिल्लाको यङपरक गाउँपालिका–२ स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।
यसैगरी सर्वसाधारणका लागि निष्कासन हुने १२ लाख कित्तामध्ये १० प्रतिशतले हुन आउने १ लाख २० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्नेछन्।
स्थानीय र वैदेशमा रहेका श्रमिकले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ दुवै समूहले चैत ५ गतेसम्म आवेदन दिन सक्नेछन्। स्थानीयका लागि जारी आईपीओको निष्कासन बन्द भने ढिलोमा चैत २० गते हुनेछ।
यो आईपीओको बिक्री प्रबन्धकमा नेपाल एसबिआई क्यापिटल रहेको छ।