धनगढीमा रहेका बैंकका शाखाहरुमा उद्योगी व्यवसायीले लगाए ताला

Share:

कैलालीका व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलन चर्काएका छन् । व्यवसायीहरुले धनगढीमा रहेका बैंकका शाखाहरुमा उद्योगी व्यवसायीहरुले ताला लगाएका छन् ।

बैंकको ब्याजदर अस्वभाविक रुपमा बढिरहेको भन्दै आन्दोलित उद्योगी व्यवसायीहरुले धनगढीका बैंक शाखाहरुमा तालाबन्दी गरेका हुन् ।

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको चरणबद्ध विरोध कार्यक्रमअन्तर्गत आज उद्योगी–व्यवसायीहरुले धनगढीमा रहेका बैंकका शाखाहरुमा ‘नो डिपोजिट’ लेखिएको ब्यानर टासेर तालाबन्दी गरेका छन्।

बैंकहरुले मनोमानी रुपमा ब्याजदर बढाएको भन्दै सुदूरपशिचमका उद्योगी–व्यवसायीले ‘व्यवसायीमाथिको आतंक बन्द गर’, ‘बैंकको ब्याजदरमा एकरुपता कायम गर’, ‘व्यवसायीमाथिको व्यापार बन्द गर’लगायतका नारा लगाउँदै ६ महिनाअघिदेखि नै आन्दोलनका कार्यक्रम गरिरहेका थिए।

कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष पुस्कर ओझाले उद्योगी व्यवसायीहरु बैंकको ब्याजदर बढेर उद्यम व्यवसाय गर्न नसक्ने अवस्थामा पुग्दा पनि राष्ट्र बैंकले ब्याजदर घटाउने उपाय अबलम्बन नगरेको भन्दै आक्रोश व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्