
धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएको छ । बुधबार एक समारोहमा दुवै संस्थाहरूबीच हस्ताक्षर सम्पन्न भएको छ । मर्जर हुने यी दुवै संस्थाहरूमध्य खप्तड लघुवित्तको कार्यक्षेत्र सुदुरपश्चिम प्रदेश हो भने धौलागिरी लघुवित्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको संस्था हो ।
दुई संस्था बिच मर्जर सम्बन्धी समझदारीपत्रमा मंसिर १८ गते हस्ताक्षर भई पुस १७ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तीक सहमति प्राप्त गरेका थिए । उक्त अन्तिम सम्झौतापत्रमा लागि खप्तड लघुबित्त बित्तीय संस्थाका तर्फबाट सञ्चालक समितिका अध्यक्ष सुमन प्रसाद श्रेष्ठ र धौलागिरी लघुबित्त बित्तीय संस्थाका तर्फबाट सञ्चालक समितिका अध्यक्ष इश्वर लाल राजभण्डारीले हस्ताक्षर गरेका हुन् ।
उक्त हस्ताक्षर समारोमा धौलागिरी लघुबित्तका तर्फबाट संचालक एबं संयुक्त मर्जर समितीका संयोज हरि प्रसाद शर्मा, सिर्जना थापा, डा.शुदर्सन सिलवाल, प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहोरा र खप्तड लघुवित्तको तर्फबाट संचालकहरु रणदेव कृष्ण श्रेष्ठ, चन्द्र बहादुर चन्द, डबल बहादुर शाहा तथा प्रमुख कार्यकारी अधिकृत शुरेस बहादुर बमको उपस्थिती थियो ।