बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

Share:

नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३०० रुपैयाँले बढेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख २ हजार ६०० रुपैयाँ र सुन १ लाख २ हजार १०० रुपैयाँ कायम भएको छ।

हिजो सुनको मूल्य तोलाको ५०० रुपैयाँले बढेको थियो। यो दिन  छापावाला सुन प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँ र सुन १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने स्थिर रहँदै तोलाका १ हजार २७० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार २७० रुपैयाँमा कारोबार भएको थियो।

कमेन्ट गर्नुहोस्