नेप्सेमा १ करोड १६ लाख कित्ता सेयर सूचीकृत

Share:

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा सानिमा बैंक र सिवाईसी नेपाल लघुवित्तको १ करोड १६ लाख बढी कित्ता बोनस सेयर सूचीकृत भएको हो। यी दुवैको गरी कुल १ करोड १६ लाख ९२ हजार ३०२.८४ कित्ता थपिएको छ।

नेप्सेमा सानिमा बैंकको मात्रै १ करोड १३ लाख २७ हजार ३७७.३३ कित्ता बोनस सेयर सूचीकृत भएको छ। यो बैंकले गत आर्थिक वर्षका लागि १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

यसैगरी सिवाईसी नेपाल लघुवित्तको ३ लाख ६४ हजार ९२५.५१ कित्ता बोनस सेयर सूचीकृत भएको छ। यो लघुवित्तले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

कमेन्ट गर्नुहोस्