लगातार घट्दै सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

115
0
Share:

नेपाली बजारमा (सोमबार) पनि सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो । योसँगै छापावाला सुन प्रतितोला १ लाख १ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १ हजार ३०० रुपैयाँ कायम भएको छ।

हिजो पनि सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख २ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार २५५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार २६० रुपैयाँमा किनबेच भएको थियो।

कमेन्ट गर्नुहोस्