काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल भारतको बेंङलुरुमा आयोजित जी २० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिएर शनिबार स्वदेश फर्किएका छन ।
शुक्रबार र शनिबार जी २० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिएका अर्थमन्त्री पौडेलले भारतका अर्थमन्त्री निर्मला सितारमण, चीनका अर्थमन्त्रालयका उपमन्त्री वाङ दङवै लगायतसँग अर्थतन्त्र र विकासका विविध आयामबारे छलफल गगरेका थिए ।
सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल फागुन ११ गते भारत गएका थिए । नेपाल जी २० को सदस्य नरहे पनि भारतले नेपाललाई निमन्त्रणा गरेको थियो ।
कमेन्ट गर्नुहोस्