
काठमाडौँ । राप्रपाका मन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका छन् । राप्रपाको तर्फबाट सरकारमा सहभागी भएका उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले संयुक्त राजीनामा पत्र बुझाएका हुन् ।
राप्रपाको आज बसेको कार्यसम्पादन र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो यो संगै राप्रपाले सरकारलाई दिएको विश्वासको मत पनि फिर्ता लिने भएको छ ।
कमेन्ट गर्नुहोस्