नेकपा (एमाले)को सचिवालय बैठक ललितपुरस्थित पार्टी मुख्यालयमा सुरु भएको छ । राष्ट्रपति निर्वाचन र सरकारमा रहने या नरहने भन्ने विषयमा छलफल गर्न एमालेको सचिवालय बैठक बसेको हो ।
बैठक पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’बारे छलफल गर्न बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन तोडेर पुरानै गठबन्धनमा फर्किएपछि एमाले सरकारबाट बाहिरिने तयारी गरेको हो ।राष्ट्रपति निर्वाचनका लागि आज मनोनयन र यही फागुन २५ गते निर्वाचन हुँदैछ ।
कमेन्ट गर्नुहोस्