राष्ट्रपतिमा उम्मेदवारी दिदै एमाले,को बन्दैछन उम्मेदवार ?

149
0
Share:

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी दर्ता हुने बताएका छन्। बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)सहित चार दलको बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनअघि रहेको गठबन्धन ब्युँताउने चर्चा चलेपछि अध्यक्ष ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा उनले राष्ट्रपतिमा शनिबार एमालेले मनोनयन दर्ता गर्ने जानकारी दिए । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने बेलामा एमाले र माओवादीबीच एमालेले राष्ट्रपति पाउने सहमति भएको दाबी गरे ।

पुस १० गते सत्ता गठबन्धनमा राष्ट्रपति एमालेले पाउने सहमति भइसकेकाले एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने जानकारी उनले दिए ।

एमालेको सचिवालय बैठक आज  बस्दैछ ।

कमेन्ट गर्नुहोस्