विकास बैंकहरुको ब्याजदर घट्ने

101
0
Share:

विकास बैंकहरुले ब्याजदर घटाएका छन् । विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ)हरुको बैठकले माघका लागि तय निक्षेपको ब्याजदर फागुनमा थोरै भए पनि घटाउने निर्णय गरेको हो ।

ब्याजदर घटाउने विषयमा विकास बैंकका सीइओहरुले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षालाई कुरेका थिए । समीक्षा सार्वजनिक भएपछि उनीहरुले माघका लागि तय ब्याजदर घटाउने निर्णय गरेका हुन् ।विकास बैंकहरुको छाता संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएसनको आज बसेको बैठकले फागुनका लागि ब्याजदर घटाउने निर्णय गरेको हो।

संघका अध्यक्ष प्रद्युमन पोखरेलले माघ महिनामा कायम ब्याजदरमा फागुनमा ०.२५ प्रतिशतले घटाउने निर्णय भएको बताए । ‘माघमा कायम ब्याजदरमा ०.२५ प्रतिशतको विन्दु घटाउँदै फागुनमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतमा ११.७५ प्रतिशत, संस्थागतर्फ ९.७५ र रेमिट्यान्समा १२.७५ प्रतिशत ब्याजदर कायम गर्ने निर्णय भएको छ।’ उनले भने।

हाल विकास बैंकहरुले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतमा १२ प्रतिशत, संस्थागतर्फ १० र रेमिट्यान्समा १३ प्रतिशत ब्याजदर दिँदै आएका थिए।

कमेन्ट गर्नुहोस्