
सरकारले गुलाबको फूल आयातमा प्रतिबन्ध लगाएको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले बिहीबार सूचना निकालेर अर्को व्यवस्था नभएसम्म आयात अनुमति पत्र जारी नगर्न सबै कार्यालयलाई पत्र समेत पठाएको हो ।
केन्द्र काँकडभिट्टा, भण्टावारी, बिराटनगर, मलंगवा, जलेश्वर, विरगन्ज तातोपानी, एयरपोर्ट, रसुवा, भैरहवा, कृष्णनगर, नेपालगन्ज, गड्डाचाैकी, लोमान्थाङ्ग र बैतडी गरी १५ कार्यालयहरु छन् । ती सबै कार्यालयलाई गुलाबको आयात अनुमति नदिन केन्द्रले पत्र पठाएको हो ।
‘विशेष कारणले अर्को व्यवस्था नभएसम्मका लागि गुलाबको फूल आयात अनुमति पत्र जारी नगर्न सबैमा जानकारीको लागि अनुरोध छ,’ कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहत रहेका केन्द्रले कार्यालयहरुलाई पठाएको पत्रमा भनिएको छ ।
केन्द्रका अनुसार वनस्पतिजन्य रोगको जोखिमले तत्कालका लागि गुलाबको आयात रोक लगाएको हो ।