
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्नका लागि राष्ट्रिय सहकारी महासंघले उपसमिति गठन गरेको छ । महासंघले राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीको संयोजकत्वमा उपसमिति गठन गरेको हो ।
उक्त समितिले समस्या उन्मुख संस्थाहरुको स्थलगत अध्ययन, विश्लेषण, समन्वय समेत गर्ने भएको छ ।
गठित उप समितिको सदस्यहरुमा महासंघका संचालकद्वय डिवी बस्नेत, राजेन्द्र पौडेल, नेफ्स्कून, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ, बागमती प्रदेश सहकारी संघका प्रतिनिधि रहने छन् । साथै सो उपसमितिको सदस्य सचिवमा महासंघका महाप्रबन्धक रहने निर्णय भएको छ ।
कमेन्ट गर्नुहोस्








