
साताको पहिरो कारोबार दिन (आइतबार) सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाला सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ३०० रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार पनि छापावाला सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ३०० रुपैयाँमै कारोबार भएको थियो। शुक्रबार सुनको मूल्य स्थिर नै रहेको थियो।
आज चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार २९५ रुपैयाँमै कारोबार भएको थियो।
कमेन्ट गर्नुहोस्








