चितवन-२ : पोखरेलको अग्रता कायमै, दोस्रोमा उक्लिए रवि लामिछाने

154
0
Share:

चितवन क्षेत्र नम्बर-२ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायम राखेका छन् । ११२८० गणना हुँदा पोखरेलले ३७३८ मतसहित अग्रता लिएका छन् ।

पोखरेललाई ३५२७ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले पछ्याइरहेका छन् । यसअघि तेस्रो स्थानमा रहेका लामिछानेली मत बढाउँदै दोस्रो स्थानमा उक्लिएका छन् ।

त्यसैगरी, नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३३६२ मत पाएका छन् । सो क्षेत्रमा सोमबारदेखि नै मतगणना जारी छ ।

कमेन्ट गर्नुहोस्