जब मतदान केन्द्रभित्रै पटका पड्कियो !

148
0
Share:

मतदान केन्द्रभित्रै पटका पड्काइएपछि मोरङको एउटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । बूढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा मतदान स्थगित भएको हो ।

लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै विष्फोटको ठूलो आवाज आएको थियो । विष्फोटको आवाजसँगै मतदाताबीच भगदौड मच्चिएको थियो । त्यहाँ मतदान फेरि सुरु गर्न आवश्यक तयारी भइरहेको छ ।

कमेन्ट गर्नुहोस्