नेपाल र युएईबीचको खेलमा सट्टेबाजी गर्ने २० भन्दा बढी जना पक्राउ

192
0
Share:

नेपाल र यूएईबीचको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गतको तेस्रो खेलमा सट्टेबाजी गर्ने २० भन्दा बढीलाई प्रहरीले पक्राउ गरेकाे छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शुक्रबार कीर्तिपुरस्थि टियु क्रकेट मैदानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

सीआईबीले कीर्तिपुर प्रहरी वृत्तको सहयोगमा उनीहरुलाई पक्राउ गरेको हो। खेलको लाईभ बेटीङ गरिरहेको अवस्थामा सट्टेबाजलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरुको साथमा रहेको मोबाइल समेत नियन्त्रणमा लिइएको जनाएको छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

कमेन्ट गर्नुहोस्