बंगलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन ५ गुणा बढाउने

187
0
Share:

बंगलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन ५ गुणा बढाउने भएको छ ।

कपास उत्पादनका लागि धनी मानिने एसियाली मुलुक बंगलादेशले नयाँ प्रजातिको कपास उत्पादन गर्ने र खेतीको क्षेत्र विस्तार गर्ने लक्ष्य राखेको हो ।

कपास विकास बोर्डका अतिरिक्त निर्देशक मोहम्मद फख्रे आलम इब्ने ताबिबले भने, ‘कपास एक प्रमुख नगदे बाली हुन सक्छ, किनभने कपडा उद्योगमा यसको बढ्दो माग पूरा गर्न हामीले यसको आयातका लागि हरेक वर्ष ३ अर्ब अमेरिकी डलर खर्च गर्नुपर्ने हुन्छ ।’

आधिकारिक तथ्यांकअनुसार बंगलादेशमा अहिले वार्षिक ४ अर्ब ८ करोड पाउन्डको मागको तुलनामा वार्षिक ९ करोड ६० लाख पाउन्ड उत्पादन हुन्छ । उच्च मागको पृष्ठभूमिमा, बंगलादेशी टेक्सटाइल र स्पिनिङ मिलहरू र अन्य प्रयोगकर्ताहरूले भारत, संयुक्त राज्य अमेरिका, धेरै अफ्रिकी र मध्य एसियाली राष्ट्रहरू, अस्ट्रेलिया, ब्राजिल र पाकिस्तानबाट कपास आयात गर्छन् ।

ताबिबका अनुसार उर्बर बाँझो जमिनको ठूलो क्षेत्र प्रयोग गरी उच्च उत्पादन दिने नयाँ प्रजाति र हाइब्रिड जातका कपास उत्पादन गरी देशको दक्षिणपूर्वी पहाडी क्षेत्र र केही समतल जिल्लाहरू कपास उत्पादनलाई ४८ करोड पाउन्ड पुर्‍याउने लक्ष्य राखिएको छ । एजेन्सी

 

कमेन्ट गर्नुहोस्