क्यानद्वारा यू–१९ राष्ट्रिय क्रिकेटको खेल तालिका सार्वजनिक

173
0
Share:

 नेपाल क्रिकेट संघ (क्यान)ले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । जसअनुसार प्रतियोगिता मंसिर ७ गतेबाट १९ गतेसम्म टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगितामा प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन खेलमा बागमती प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

दोस्रो दिनबाट हरेक दिन दुई खेल हुनेछ ।

कमेन्ट गर्नुहोस्