विश्वकप फुटबल हेर्न पैसा तिर्नुपर्ने

167
0
Share:

सर्वोच्च अदालतले विश्वकप प्रसारणमा मिडिया हबलाई थप शुल्क उठाउन पाउने बाटो खोलिदिएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै थप शुल्क उठाएर विश्वकप प्रसारण गर्ने बाटो खोलिदिएको हो । योसँगै मिडिया हबलाई प्रशारण शुल्क उठाउन बाटो खुलेको छ ।

अधिवक्ता किशोर पौडेल र अनुपम भट्टराईले मिडिया हबले थप शुल्क ५ सय उठाउन लागेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

कमेन्ट गर्नुहोस्