निरन्तर उकालो लाग्दै सुनको मूल्य,कति छ आजको बजार भाउ ?

211
0
Share:

नेपाली बजारमा बुधबार पनि सुनको मूल्य उकालो लागेका छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो। आज छापावाला सुन प्रतितोला ९८ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ९०० रुपैयाँ कायम भएको छ।

हिजो सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको थियो। यो दिन छापावाला सुन प्रतितोला ९८ हजार २०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ७०० रुपैयाँ कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर १ हजार २९५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३० रुपैयाँले बढेर १ हजार ३२५ रुपैयाँमा किनबेच भएको थियो।

कमेन्ट गर्नुहोस्