नेपाल र युएईबीचको एकदिवसीय सिरिजको टिकट मूल्य तय, प्रभु पेबाट किन्न सकिने

257
0
Share:

नेपाल र पाहुना टोली युनाईटेड अरब इमिरेट्स (युएई) बीचको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको टिकट मूल्य तय भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार सिरिजको टिकट मूल्य तय गरेको हो ।

क्यानले सिरिजको टिकट मूल्य २ सय राखिएको जनाएको छ । टिकट प्रभु पेबाट किन्न सकिनेछ । नेपालले युएईसँग तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्ने छ ।

टियु क्रिकेट मैदानमा हुने पहिलो एकदिवसीय भोलि सोमबार हुनेछ । सिरिजका लागि नेपालले रोहित कुमार पौडेलको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्