नयाँ बजारबाट जुवा तास खेलिरहेको अवस्थामा १० जना पक्राउ

126
0
Share:

काठमाडौं महानगरपालिका–६ नयाँबजार गीताञ्जली चोक बस्ने राजेश श्रेष्ठको घरमा जुवा तास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–१ बस्ने ४३ वर्षीय रोशन ठकुरी समेत १० जना छन् । उनीहरूलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

श्रेष्ठको घरमा जुवा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले  उनीहरूलाई २ लाख ४२ हजार रूपैयाँ, कौडा १६ वटा र मोबाइल ११ वटासहित पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्