सेयर बजारमा १६.१४ अंकको गिरावट हुँदा ११ उपसूचक रात्ताम्मे

149
0
Share:

नेप्से परिसूचक १६.१४ अंकले ओरालो लागेको छ । आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक १६.१४ अंकले घटेर १९२२.१६ बिन्दुमा रोकिएको छ ।

बुधबार सेयर बजार ७.१२ अंकले बढेर १९३८.३० बिन्दुमा कारोबार रोकिएको थियो ।

यता ठुला तथा बलिया कम्पनीको कारोबर मापक सेन्सेटिभ परिसूचक पनि ३.५० अंकले घटेर ३७९.४३ बिन्दुमा रोकिएको छ ।

कारोबार अवधिभर २२० कम्पनीको २७ लाख ६७ हजार ५३९ कित्ता सेयर खरिदबिक्री हुँदा ८९ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

कुल १३ उपसमूहमध्ये २ समूहको सेयर मूल्य बढेको छ भने बाँकी ११ वटा समूहको सेयर मूल्य घटेको छ । आज २७ कम्पनीको सेयर मूल्य बढेको छ भने १५३ कम्पनीको सेयर मूल्य घटेको छ ।  ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

कमेन्ट गर्नुहोस्