बैंकहरुलाई राष्ट्रियकरण गर्न निजि क्षेत्रको माग

127
0
Share:

प्रदेश १ का निजि क्षेत्रका संगठनहरुले नेपाल राष्ट्र बैंकका गभर्नरसँग भेट गरेका छन् । एकल अंकको बैंक ब्याजदर बनाउनुपर्ने र अन्यथा बैंकहरुलाई राष्ट्रियकरण गर्नुपर्ने माग सहित उक्त संगठनहरुले अधिकारीसंग भेट गरेका हुन् ।

कार्यक्रममा मोरङ ब्यापार संघका अध्यक्ष नवीन रिजाल, नेपाल उद्योग परिसंघ, प्रदेश १का अध्यक्ष भीम घिमिरे, उद्योग संगठन मोरङका अध्यक्ष सुयेश प्याकुरेल सहितको टोलीले गभर्नर महाप्रसाद अधिकारीलाई विद्यमान बैंकिङ नीति, चर्को बैंक ब्याजदर, सत् प्रतिशत एलसी मार्जिन आदिबाट चरम प्रभावित निजी क्षेत्रका उद्योग व्यवसायहरुका समस्याहरु तत्कालै निराकरण गर्न अनुरोध गरेको हो ।

मोरङ ब्यापार संघका अध्यक्ष रिजालले हाल बैंकहरुले उद्योगी व्यवसायीहरुले उच्च ब्याजदर असुल्न थालेको, बैंकिङ शुल्क र खर्चहरु अचाक्ली रुपमा वृद्धि भएको, सत् प्रतिशत एलसी मार्जिनका लागि पुँजी अभाव हुने गरेको र महङ्गी समेत बढ्न गएबाट उद्योगी/व्यवसायीहरु सहित समग्र आम उपभोक्ता नै चरम मारमा परेको बताए । उनले विद्यमान जटिल समस्यालाई नियन्त्रण गर्न कि त हालको उच्च बैंक ब्याजदरलाई तत्कालै एकल अंकमा कायम गर्नु पर्ने अथवा सबै बैंकहरुलाई राष्ट्रियकरण गर्नु पर्ने सुझाव दिएका छन् ।

गभर्नर अधिकारीले भने आफूले यी विषय गम्भीरतापूर्वक लिएको बताउदै ती समस्याहरु समाधानार्थ शीघ्रताका साथ आवश्यक कदम चाल्ने आश्वासन दिएका थिए ।

कमेन्ट गर्नुहोस्