फेसबुकले निष्कृय बनाइदियो एमआरआर ग्रुपलाई

157
0
Share:

काठमाडौं । गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौंको मेयरमा निर्वाचित बालेन्द्र साह ‘बालेन’लाई जिताउन सक्रिय रहेको चर्चित फेसबुक ग्रुप ‘मेन्स रुम रिलोडेड (एमआरआर)’ लाई फेसबुकको संचालक कम्पनी मेटाले निष्क्रिय बनाएको छ । फेसबुकको ‘कम्युनिटी गाइडलाइन्स भायलेन्स’ गरेको भन्दै मेटाले उक्त ग्रुपलाई निष्क्रिय गराएको हो ।

यस ग्रुपका एकजना एडमिनले फेसबुक एआईले एमआरआरलाई निष्क्रिय गराएको जानकारी दिए । तर कुन पोष्ट र कमेन्टले ‘कम्युनिटी गाइडलाइन्स भायलेन्स’ गरेको हो भनेर देखाउनुपर्नेमा त्यस्तो पनि नदेखाइएको उनले बताएका छन् ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले मेटा कम्पनीका प्रतिनिधिहरुसँग घृणा फैलाउने खालका पोष्ट रोक्ने विषयमा छलफल गरेको थियो । कतिपयले यो कार्य उक्त छलफलसित समेत जोडिएको हुनसक्ने ठानेका छन् । उक्त ग्रुपलाई अहिले पुनः निष्क्रिय बनाउन ‘रिभ्यु रिक्वेस्ट’ गरिएको संचालकले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्