मनकामना जाँदै गरेको बस नवलपरासीमा दुर्घटना हुँदा ५ को मृत्यु, २५ जना घाइते

200
0
Share:

पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको ना६ख ७५८० नम्बरको बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय बुलिङ्टारका अनुसार सो दुर्घटनामा परी २५ जना घाइते भएका छन् । सो बस आज बिहान ४ बजे दुर्घटना भएको थियो । दुर्घटनाका घाइतेलाई उद्धार गरी चितवन ल्याउने तयारी भइरहेको जनाइएको छ । घटनाका सम्बन्धमा थप विवरण आउन बाँकी छ ।

 

कमेन्ट गर्नुहोस्