सयपत्री हाइड्रोपावरको सेयर कारोबार आजबाट खुल्यो

143
0
Share:

सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर कारोबार आज सोमबारबाट धितोपत्र दोस्रो बजारमा खुलेको छ। कम्पनीको आईपीओ गत बिहीबार नेप्सेमा सूचीकृत भएको थियो। आइतबारबार नियमित कारोबार खुल्न नसकेको कम्पनीको आईपीओ आज प्रि–ओपन सेसनमा प्रतिकित्ता १९४.८० रुपैयाँमा किनबेच भएको थियो।

नेप्सेले यो कम्पनीलाई एसपीएचएल कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम ६४.९६ रुपैयाँ र अधिकतममा १९४.८८ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। तर, नेप्सेले तोकेको रेन्जभित्र आइतबार स्पेसल प्रि–ओपन सेसनमा यो कम्पनीको सेयर किनबेच नभएका कारण नियमित समयका लागि खुल्न सकेको थिएन।

नेप्सेमा यो कम्पनीको कुल ३० लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको २१ लाख कित्ता, सर्वसाधारणको ६ लाख कित्ता र स्थानीयको ३ लाख कित्ता छन्।

यो कम्पनीले गत साउन १३ गतेदेखि साउन १७ गतेसम्म आईपीओ बिक्री गरेको थियो।

कमेन्ट गर्नुहोस्