नयाँ बीमा ऐन राजपत्रमा प्रकाशित, कात्तिक २२ गतेदेखि प्रचलनमा आउने

144
0
Share:

बीमा ऐन २०७९ नेपाल राजपत्रमा प्रकाशन भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गत साता प्रमाणीकरण गरेको यो ऐन कात्तिक २२ गतेदेखि प्रचलनमा आउने छ । ऐन कार्यान्वयनमा आएसँगै बीमा समिति बीमा प्राधिकरणमा रुपान्तरण हुनेछ ।

नयाँ ऐनले बीमा प्राधिकरणको संचालक समितिमा महिलाको प्रतिनिधित्व अनिवार्य हुनुपर्ने प्रावधान राखिएको छ । त्यसैगरी स्वार्थ बाझिने गरी कुनै पनि उद्यममा बीमकको संचालक, प्रवर्द्धक, आधारभूत शेयरधनीसँग कुनै पनि किसिमको संयुक्त लगानी गर्न रोक लगाएको छ ।

कमेन्ट गर्नुहोस्